चेम्बरद्धारा सहयोग सामग्री वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 02:09:24 PM मा प्रकाशित

laxmi  sunrise bank

चेम्बर अफ कमर्सका शाखाहरूले विभिन्न जिल्लामा सहयोग सामग्री वितरण गरेका छन् । चामल, आलुलगायत खाद्य र मास्कलगायत स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

सुन्दर बजार चेम्बर अफ कमर्स लमजुङले २ हजार थान सर्जिकल मास्क बितरण गरेको छ । सुन्दर बजार चेम्बर अफ कमर्स सुन्दर बजारले सुन्दर बजार नगरपालिका , नेपाल पत्रकार महासंघ लमजुङ सुन्दर बजार अस्पताल , नमुना सामुदायिक अस्पताल ,ईलाका प्रहरी कार्यालय भोटेवडार , ईलाका प्रहरी कार्यलय सुन्दर बजार ,भोटेवडार शहरी स्वस्थ्य क्लिनिक,सर्बोदय सेवा आश्रम ,मानव सेवा आश्रम बेशिसहर ,१२ वटा निजि क्लिनिकहरुलाई निशुल्क सर्जिकल मास्क बितरण गरेको छ । 

बाँके चेम्वर अफ कमर्सबाट उपभोग्य सामाग्री सहज तवरले उपलब्ध गराउन सुपथ पसल संचालन गरेको छ । घोराही चेम्वर अफ कमर्सले मास्क बितरण गर्ने कार्यक्रम तय गरेको छ ।  दोलखा चेम्वर अफ कमर्सद्धारा मास्क बितरण कार्य गरेको छ । यस्तै, अर्घाखाँची चेम्बर अफ कमर्सले अत्यावश्यकिय क्षेत्रमा प्रयोग गर्नेगरि जिल्ला प्रशासन कार्यालय मार्फत ३ हजार थान सर्जिकल माक्स हस्तान्तरण गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved