कोरोना रोकथाम कोषमा हालसम्म कति उठ्यो रकम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 02:52:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा मङ्गलबारसम्म रु २२ करोड ३२ लाख ३७ हजार ५६९ जम्मा भएको छ । सरकारले गत चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्दै कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दैनिक कोषमा रकम जम्मा भइरहेको जानकारी दिए । उनका अनुसार कोषमा मङ्गलबारमात्र नेपाल औद्योगिक महासङ्घले रु ५० लाख, रु एक लाखभन्दा कम दिएकाबाट रु एक करोड नौ लाख २९ हजार २४ जम्मा भएको छ । सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि सांसद, कर्मचारी, उद्योगी, बैंक तथा वित्तीय संस्था, अन्य संघ संस्था तथा व्यक्तिहरुले जम्मा गरिरहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved