चीनसँग स्वास्थ्य सामग्री ल्याईएको कम्पनीसँग सम्झौता रद्द, धरौटी जफत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 05:24:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री ल्याएको ओम्नी ग्रुपको ओबिसिआईसँग गरेको औषधि तथा मेडिकल उपरकण खरिदको सम्झौता रद्द गरेको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र बहादुर श्रेष्ठले सम्झौता रद्द गरिएको र कम्पनीको ६ करोड धरौटी जफत गरिएको बताएका हुन् 

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले कम्पनीले १० प्रतिशत मात्रै सामान ल्याएकोले सम्झौता रद्द गरेको बताए। यसका साथै कम्पनीलाई कालोसूचीमा राख्नको लागि प्रक्रिया अगाडी बढाईएको उनले बताए । उनले  बिहीबार अर्को चरणको समाग्री ल्याउने सम्झौता भएपनि ल्याउन संकेत नदेखिएपछि एकदिन अघि नै टेन्डर रद्द गरिएको श्रेष्ठले जानकारी दिए। सरकारले २४ घण्टा भित्र सामान ल्याउने निर्देशन दिएको र  सो अनुसार काम गर्दा २ कम्पनीको मात्र प्रस्ताव आएको श्रेष्ठले बताए ।

चीनबाट महँगो मूल्यमा सामान खरिद गरिएको भन्दै अहिले सम्झौताको सर्वत्र विरोध भईरहेको छ । तर श्रेष्ठले भने बजार मै अभाव भएको र तत्काल आवश्यक भएकोले केहि बढी मूल्य मै खरिद गरिएको बताए। 

टेस्ट किटको बारेमा चीनले अनुमति दिएको कम्पनी कै किट ल्याएको तर नेपालमा भने अहिले प्रयोग नगर्न आग्रह गरिएको बताए । उनले ति टेस्ट किटलाई महामारी देखिएमा मात्र प्रयोग हुने बताए। त्यसअघि ति किटको गुणस्तरको परिक्षण भने गरिने उनले प्रष्ट पारे ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved