नेपालमा ११ सय बढीको कोरोना परिक्षण, ९९ जना आईसोलेसनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 05:40:18 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य मन्त्रालयले हालसम्म ११ सय ३३ जनाको कोरोना परिक्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ११ सय ३३ जनाको परिक्षण भएको र ति मध्ये ५ जना बाहेक सबैको रिपोर्ट नेगेटिभ देखिएको बताएका हुन् 

उनले संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिंङ गर्ने काम ८४ प्रतिशत सकिएको बताए । पछिल्लो पटक आज धरानबाट संक्रमित सँग  सम्पर्कमा आएकाहरुको नमुना परिक्षणको लागि पठाईएको उनले जानकारी दिए । 

हालसम्म संक्रमितहरुसँग सम्पर्कमा आएका व्यक्ति र आफन्तको नमुना परिक्षण गरिएको र ति सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए । उनका अनुसार हाल संक्रमण देखिएका सबै विदेशबाट आएका हुन् । ति मध्ये एक जनालाई निको भईसकेको उनले बताए ।

उनका अनुसार हालसम्म नेपालभर विभिन्न अस्पतालमा ९९ जना आइसोलेसनमा अस्पतालमा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved