अब काठमाडौँ प्रशासनबाट सवारी पास नपाइने, इमर्जेन्सी परे यस्तो छ ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 06:10:58 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रशासन कार्यालय काठमाडौँ अब सवारी पास वितरण नगर्ने जनाएको छ।  लकडाउनको अवधिमा पास लिनको लागि कार्यालय भिड बढेपछि प्रशासनले पास बितरण गर्ने कार्य बन्द गरेको हो 

अब एम्बुलेन्स, औषधि तथा औसह्धिजन्य वस्तु, स्वास्थ्य उपकरणहरु र अस्पतालका कर्मचारीहरु तथा परिचयपत्र भएका डाक्टर र नर्सहरु भएको सवारीलाई पास पर्ने छैन । त्यस्तै अत्यावश्यक सामान बिक्रि वितरण तथा ढुवानी गर्ने सवारीसाधनलाई समेत पास आवश्यक नपर्ने भएको छ ।  तर ति सवारीले यात्रु ओसारपसार भने गर्न पाउने छैनन् 

यी बाहेक अन्य कसैलाई पनि पास वितरण नगरिने कार्यालयले स्पष्ट पारेको छ । केहि इमर्जेन्सी परेमा सुरक्षा इकाईसँग समन्वय गर्न प्रशासनले आग्रह गरेको छ 

हेर्नुस सूचना : 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved