लकडाउनमा फसेका पर्यटक र नेपालीलाई निशुल्क आवासको व्यवस्था गर्दै ओयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 07:57:28 PM मा प्रकाशित

laxmi  sunrise bank

ओयो होटेल एण्ड होम्स नेपालले लकडाउनमा फसेर आफ्ना घर फर्किन नपाएका पर्यटकहरु तथा नेपालीलाई निशुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेको छ । सरकारले लिएको कदमहरुलाई समर्थन गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकिएर प्रभावित परेकाहरुलाई आवास प्रदान ओयोले जनाएको छ । 

अप्रिल १ तारिखदेखि शुरु भएर चयन गरिएका ओयो होटेलले देशभर लकडाउनमा फसेका पर्यटक र नेपालीहरुलाई निशुल्क आवासको सुविधा प्रदान गर्ने जनाएको छ ।  लकडाउनमा सरकारलाई सहयोग पु¥याउने उद्देश्यका साथ ओयोले यो पहल विशेष रुपमा र केवल नेपालका लागि मात्र शुरु गरेको जनाएको छ  ।  होटेल मालिक र कर्मचारीहरुका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न, पर्यटकहरुलाई चेक इन गर्नु अगावै कोरोना भाइरसका लक्षणहरु जाँचेर कोरोना नलागेको पुष्टि गरिने ओयोले जनाएको छ  । सम्पूर्ण ओयो होटेल मालिकहरुलाई यो भाइसर फैलिनबाट रोकथाम गर्नका लागि स्वास्थ्य र सुरक्षित उपायहरु अनुसरण गर्न आदेश समेत दिएको छ । 

ओयोले आवासको आवश्यकतामा रहेकाहरुले थप जानकारीका लागि ग्राहक सेवा ०१४२१७४७ मा सम्पर्क गर्न सक्ने जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved