कोरोनाको कारण बुधबार मात्रै ४८ सय ९० को मृत्यु, अमेरिकामा २ लाख बढी संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 08:50:17 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको कारण बुधबार एकै दिन ४८ सय ९० जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ 

बुधबार अमेरिकामा मात्रै १०४९ जनाले ज्यान गुमाएका छन् भने इटालीमा ७२७ र स्पेनमा ९२३ ले ज्यान गुमाएका छन् । त्यस्तै फ्रान्समा ५०९ र युकेमा ५६३ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा संक्रमितको संख्या २ लाख नाघेको छ । इटाली र स्पेनमा पनि संक्रमितको संख्या १ लाख बढी छ । 

हालसम्म कोरोना भाइरसको संक्रमण २०३ वटा देशमा पुगिसकेको छ । त्यस्तै हालसम्म कोरोना संक्रमित १ लाख ९४ हजार उपचारपछि निको भएर घर फर्किएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved