ब्लोदानद्धारा आकस्मिक रूपमा रगत संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 11:34:13 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)ले रक्तदाता रहेको स्थानमा गई रक्त संकलन कार्य शुरु गरेको छ । ब्लोदानले नेरेसो, रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा आकस्मिकरूपमा रगत संकलन गरेको हो । 

कोरोना भाइरसका कारण खुल्लारूपमा रक्तदान कार्यक्रम संचालन गर्न नमिल्ने भएको कारण विरामीलाई भैरहेको कठिनाइलाई ध्यानमा राखी ब्लोदानले आकस्मिकरूपमा रगत संकलन गरेको जनाएको छ । रगत संकलन कार्य चैत १४ गतेबाट शुरु भएको हो । 

१४ गते भक्तपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा कीर्तिपुरमा ११ युनिट, १५ गते लाजिम्पाट ३ र सो¥हखुट्टेमा २२ गरी २५ युनिट रगत संकलन भएको ब्लोदानले जानकारी दिएको छ ।  त्यस्तै १५ गते केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा लगनखेलमा १२, सातदोबाटोमा ७ र पुल्चोकमा १ गरी २० युनिट संकलन भएको जनाइएको छ । ब्लोदानका अनुसार १६ गते भक्तपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा कोटेश्वरमा २८ युनिट र केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा कीर्तिपुरमा ३४ युनिट गरी ५९ युनिट संकलन भएको छ । 

१७ गते भक्तपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा ठमेलमा ६ युनिट, पद्मा कोलोनी, सितापाइलामा २३ युनिट, लाजिम्पाटमा ४ युनिट, डल्लु, चागलमा १५ युनिट रगत संकलन भएको छ भने केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा ललितपुरको हरिसिद्धिमा ९ युनिट रगत संकलन भएको जनाइएको छ ।

त्यस्तै १८ गते लायन्स क्लब अफ काठमाडौं इन्द्रायणी खसिबुँको आयोजनामा भक्तपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा काठमाडौं, खुसिबुँमा ३५ र ढल्कुमा ११ गरी ४६ युनिट, ललितपुर, हरिसिद्धिमा १२ र बालकुमारीमा १४ गरी २६ युनिट रगत संकलन भएको ब्लोदानले जनाएको छ । त्यस्तै १८ गते नै कमलाक्षी युवा समुहको आयोजनामा केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३५ युनिट रगत संकलन भएको बतईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved