पनौती नगरपालिकाले ल्यायो १७ प्रकारका सामान सहितको विशेष राहत प्याकेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 12:22:11 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले नगर क्षेत्र भित्र ज्याला मजदुरी गर्ने र अति बिपन्न परिवारका लागी ७ दिनको राहत प्याकेज ल्याएको छ । सुरुवाती चरणमा ७ दिनको राहत प्याकेज ल्याइएको नगरपालिकाले छ ।

जस अनुसार नगरपालिकाले दाल, तेल, चामल, गेडागुडी, आलु, लसुन, चाउचाउ लगायत विभिन्न १७ प्रकारका खाद्यान्न र सरसफाईका सामग्री राहतमा वितरण गरेको हो । नगरपालिकाले लाभग्राहीलाई ४ जनासम्मको परिवार भएको र सो भन्दा बढी सदस्य भएको गरी वर्गीकरण गरेर छुट्टाछुट्टै प्याकेज वितरण गर्न थालेको हो ।

त्यस्तै नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विभिन्न चरणमा काम भईरहेको जनाएको छ। जस अनुसार नगरले हालसम्म विभिन्न देशबाट आएका १०२ जना ब्यक्तिहरुको अभिलेख लिएको जनाएको छ । नगरपालिकाका अनुसार उनीहरु नियमित नियमित सम्पर्कमा रहि  आवश्यकता अनुसार स्वास्थ्य जांच गराईरहेका छन्।

त्यस्तै नगरपालिकाले सेल्फ क्वारेन्टाइनमा बस्न र क्वारेन्टाइन नियम पालना गर्न परिवारलाई समेत स्वस्थ्यकर्मी तथा जनप्रतिनिधिबाट परामर्श गराएको छ । नगरपालिका कै पहलमा एम्बुलेन्स चालकलाइ पीपीई सेट उपलब्ध गराइएको छ भने प्राथमिक स्वस्थ्य केन्द्र खोपासिमा १० शैयाको क्वारेन्टाइन तयार गरिएको छ ।

त्यस्तै नगरपालिकाले पनौती-७ स्थित रंगशाला कभर्ट हलमा तुरुन्तै शुरु गर्न सकिने गरि ४० बेड तयारी अवस्थामा राखेको छ। त्यस्तै नगरपालिकाले सबै स्वास्थ्य संस्थामा ज्वरो जाँचको लागि फिवर क्लिनिक संचालन गरेको जनाएको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved