ईस्लामिक समाज पाल्पाद्वारा विपन्नलाई राहत वितरण

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Apr 02, 2020 | 12:41:21 PM मा प्रकाशित

tansen cement

इस्लामिक सक्रिय युवा समाज पाल्पाले पाल्पाको रामपुर नगरपालिकाका एक सय घरपरिवारलाई खाद्यान्न राहात बितरण गरेको छ । समाजले दैनिक मजदुरी गरि जिबिकोपार्जन गर्ने मजदुर, गरीब तथा असायहरुको दैनिक जिविकोपार्जनमा समस्या नपरोस भन्ने उद्देश्यले राहत वितरण गरेको जनाएको छ ।

इस्लामिक सक्रिय युवा समाज कतार र स्थानीय समाजसेवीहरुको बिशेष सहयोगमा रामपुर नगरपालिका भित्र कम्तिमा ५० ज्यालादारी मजदुर, बिपन्न बर्ग तथा असहाय परिवारलाई खाद्य सामग्री सहयोग गरिएको समाजले जनाएको छ । समाजले प्रति परिवार १० केजी चामल, २ केजी चिउरा, २ केजी दाल, २ लिटर खाने तेल, १ केजी चिनी र १ केजी नुनको एक प्याकेज बनाइ संकटमा परेका परिवारहरुको सहयोग गरेको हो ।

संस्थाले रामपुर नगरपालिका भित्र स्थानीय तहको सहकार्यमा हाल सम्म १९ ठाँउमा कोरोना भाइरसबाट बच्न जनचेतनामूलक ब्यानर टाँस्ने, १४ ठाँउमा हात धुने ठाँउ बनाउने, प्रार्थना गर्ने ठाँउहरु ( मस्जिद) मा साबुन सेनिटाइजर राख्ने , मस्जिदहरुमा जनचेतनामूलक पम्प्लेट हरु वितरण गर्ने र १०० परिवारलाई खाद्य सामाग्री वितरण गर्ने काम गरेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved