टेकु अस्पतालमा रहेका कोरोना संक्रमित २ जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 01:12:46 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको टेकु अस्पतालमा उपचार गराईरहेका कोरोना संक्रमित दुई जना बिरामीको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत गराईरहेका नेपालको दोस्रो तथा तेस्रो कोरोना संक्रमित बिरामीको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको हो।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र ६ चैतमा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकको रिपोर्ट पोसेतिभ आएको हो । रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी सहित उनीहरु दुवैको  मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षण गरिएको थियो । तर दोस्रो रिपोर्ट पनि पोजेटिभ आएसँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ । 

अस्पतालका अनुसार उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved