समाचार डिलिट प्रकरणमा सिरानटेकले माग्यो माफी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 12:14:39 AM मा प्रकाशित

laxmi  sunrise bank

समाचार डिलेट प्रकरणमा साइट डेभलपर कम्पनी सिरान टेक्नोलोजिज प्रालिले गल्ती स्वीकार्दै क्षमायाचना गरेको छ। प्राविधिक टिमले गलत सूचनाका आधारमा समाचार डिलिट गरेको स्वीकार्दै आज साँझ विज्ञप्तिमार्फत् उसले माफी मागेको हो।

गलत सूचनाका कारण आफ्नो टीमले न्युजपोर्टलबाट उक्त समाचार हटाएको छानविनका क्रममा पाइएको सिरानले दाबी गरेको छ। स्थापनाको ११ बर्षको इतिहासमा यस प्रकारको समस्या पहिलोपटक भोगेको सिरानले जनाएको छ। 

टेक्नोलोजिजका अध्यक्ष विश्वास ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, "काठमाडौंप्रेस डटकममा १८ चैतमा 'महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शीर्षकमा प्रकाशित समाचार १९ चैतमा केही समयका लागि वेवसाइटबाट हटेको अनपेक्षित घट्नाप्रति हामी माफी माग्न चाहन्छौं।"

सिरानले १८ चैतमा 'काठमाडौं प्रेसडटकमले विनासन्दर्भ आफ्नो भगिनी संस्था इसेवालाई समेत जोडेर समाचार प्रकासित गरेको र सो समाचार प्रकासित भएपछि भोलिपल्ट १९ चेतमा अनावश्यक रुपमा इसेवालाई नजोड्न आग्रह गर्दै सम्पादक गोविन्द परियारसँग संवाद गरेको विज्ञप्तिमा उल्लेख छ। 

देशभर भएको लकडाउनका कारण सिरान टेक्नोलोजिजको सम्पूर्ण टीम अहिले वर्क फर्म होमबाट काम गरिरहेको जनाउदै सिरानले  अहिलेको यो विषम परिस्थितिमा काम गर्ने क्रममा गलत सूचना आदानप्रादन हुँदा गम्भीर त्रुटी हुन गएको जनाएको छ। 

'काठमाडौं प्रेसका सम्पादक गोविन्द परियारले सिस्टमबाट समाचार हटेको जानकारी सिरान टेक्नोलोजिजको व्यवस्थापनलाई दिनासाथ हामीले फेरी प्राविधिक टीमलाई भनेर त्यो समाचार जस्ताको तस्तै उही रुपमा प्रकासित हुने वातावरण समेत तयार गरेका थियौं' सिरानले विज्ञप्तिमा भनेको छ।

सिरानले जिम्मेवार कम्पनीका रुपमा त्रुटीलाई स्वीकार गरि काठमाडौं प्रेस, सम्पूर्ण प्रेस जगत,  हाम्रो शुभचिन्तकसँग क्षमायाचना समेत गरेको छ।  उसले यस्ता किसिमका त्रुटी दोहोरिन नदिन आफुहरुले नियन्त्रणका उपायलाई बलियो बनाउँदै पूर्वाधार लगायतका संयन्त्र निर्माण गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरेको छ। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved