नेपालमा एकै दिन थप ३ जनामा कोरोना संक्रमणको पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2020 | 01:14:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा एकै दिन थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार आज शनिवार थप् ३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारत कै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा भाइरसको संक्रमण पुष्टि भएको हो । त्यस्तै  कैलालीमा एक ३४ वर्षीय महिलालाई पनि भाइरसको पुष्टि भएको छ । यी महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषकाआफन्त हुन् । योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा (विदेशबाट नआएको) कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved