बिजपाटी सम्बाददाता     Apr 05, 2020 | 01:29:39 PM


tansen

नेपाल उद्योग वाणिज्य महासंघले आज चार हजार प्याकेट राहत सामग्री वितरण गरेको  छ । राहत सामग्रीमा प्रति प्याकेट १० केजी चामल, १ केजी दाल रहेको महासंघले जनाएको छ । उक्त राहत सामग्री काभ्रे, काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा रहेका श्रमिक तथा कामदारहरुलाई वितरण गरिएको हो  । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र महासंघका अध्यक्ष भवानी राणाले आज काठमाडौंमा एक कार्यक्रम बीच संयुक्त रूपमा राहत सामग्री हस्तान्तरण गरेका हुन् । राहत सामग्री वितरण कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू जय सिवाकोटी, आकाश अधिकारी, रविन श्रेष्ठ र नेपाल विज्ञापन संघका पदाधिकारीहरूको सहभागिता थियो । 

महासंघले यस अघि “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा ५० लाख नगद सहयोग गरेको छ ।  साथै,  बा“की १ करोड बराबरको स्वास्थ्य तथा खाद्यान्न लगायतको सामग्रीहरू सहित जम्मा १ करोड ५० लाख वरावरको सहयोग गर्ने घोषणा गरेको छ । 

 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका