शिवम् सिमेन्ट्सद्धारा ३८० परिवारलाई खाद्यान्न वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2020 | 06:14:12 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्ट्स लिमिटेडले ग्रामीण क्षेत्रका विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । खाधान्न वितरणका साथै क्वारेन्टाइनको लागि १० वटा आईसोलेसन बेड बनाउन आर्थिक सहयोग समेत गरेको जनाएको छ । 

शिवमले मकवानपुर स्थित उद्योग परिसर वरीपरी रहेका हेटौंडा उप(महानगरपालिकाका वार्ड नं.६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिहरु संगको समन्वयमा ३८० घर परिवारलाई खाद्यान्न वितरण सम्पन्न गरेको हो । यसका साथै मकवानपुर गढी गांउपालिकामा आईसोलेसन बेड सहितको १० बेडको क्वारेन्टाइन बनाउन समेत आर्थिक सहयोग उपलब्ध गराएको जानकारी गराएको छ ।

लकडाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबै भन्दा पिडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले उक्त परिवारहरुको दैनिकी सहज होस् भनि खाद्यान्न वितरण गरिएको उद्योग प्रमुख नवल किशोर चौधरीले बताए । आगामी दिनहरुमा समेत स्थानिय तहसंगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved