लकडाउन लगत्तै सुजुकीको चेकअप क्याम्प, वारेन्टी र फ्रि सर्भिस अविधि पनि थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2020 | 07:50:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाल सरकारले लागू गरेको लकडाउन सकिएको घोषणासँगै चेकअप क्याम्प सञ्चालन गर्ने भएको छ । सरकारले लकडाउन सकिएको घोेषणा गरेलगत्तै सातदिने चेकअप क्याम्प संचालन गर्ने जनाएको छ । 

साथै, सुजुकीले मान्य वारेन्टी र फ्रि सर्भिसको अवधि दुई महिना बढाउने भएको छ । यो चेकअप क्याम्पको उद्देश्य कारहरुको अवस्था ठिक छ कि छैन जाँच्नु र कुनै समस्या भएमा त्यसको समाधान गर्नु रहेको छ । क्याम्पमा कम्पनीले इन्जिन आयल लगायत अन्य कन्जुमेबल सामग्रीमा विशेष छुट उपलब्ध गराउनेछ । 

कोभिड १९ भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई सीजी मोटोकर्प सम्मान गरेको बताएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved