यस्ता छन् कोरोना रोकथाम उच्चस्तरीय समितिका ३ निर्णय, सेनालाई थप जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2020 | 08:26:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि आवश्यक औषधि, मेडिकल उपकरण तथा अन्य   मेडिकल सामग्री जिटुजी प्रक्रियबाट समेत खरिद गर्न सक्ने निर्णय गरेको छ कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकले सरकारले सिधै अर्को देशको सरकारको त्यस्ता सामग्री खरिद गर्न सक्ने निर्णय गरेको हो

बैठकले सार्वजनिक खरिद ऐन बमोजिम नै विशेष परिस्थिति मानेर सामान खरिद गर्ने निर्णय गरेको हो । बैठकले तत्काल सामान आवश्यक पर्ने भएकोले निजि क्षेत्रबाट र सिधै जिटुजी माध्यमबाट सामग्री खरिद गर्न सक्ने निर्णय गरेको हो 

त्यस्तै बैठकले हाल निर्धारण गरिएका क्वारेन्टाइन र राहतको मापदण्डलाई परिमार्जन गर्ने निर्णय समेत गरेको छ। बैठकले संकटको अवस्थामा बिरामी रिसिभ गर्ने  प्यासेन्ट रिसिभिङ टिम(पीआरटी)को जिम्मा नेपाली सेना र स्वास्थ्यकर्मीलाई दिने निर्णय समेत गरेको छ। 

बैठकले १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य परीक्षण गरेपछि मात्रै घर जान दिने निर्णय पनि गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved