लकडाउन पालना गर्न मुस्लिम समुदायलाई आयोगको ध्यानाकर्षण, अध्यक्ष अन्सारीले दिए ५ निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2020 | 09:04:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मुस्लिम आयोगले कोरोना संक्रमण र लकडाउनसँग सम्बन्धित मुस्लिम समुुदायसँग जोडिएर आएका बिषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। मस्जिदमा नमाज पढ्ने र समुहमा प्राथना गर्ने बिषयलाई लिएर उठेका बिषयलाई संकेत गर्दै आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बिज्ञप्ती मार्फत ध्यानाकर्षण भएको जनाएका हुन्। 

उनले यस संकटको बेला सरकारले आब्हान गरेको लकडाउनको पालना गर्न मुस्लिम समुदायलाई आग्रह गर्दै समुदायलाई बिभिन्न पाँच सुझाब दिएका छन्।  अध्यक्ष अन्सारीले बिज्ञप्ती मार्फत दिएका सुझाबस्

देशभरका सम्पूर्ण मुसलमान दाजुभाइ तथा दिदीबहिनीहरूलाई देहायका विषयमा गम्भीर हुन यस प्रेस विज्ञप्तीमार्फत् हार्दिक अनुरोध गर्दछु ।

१। एमाम, मोअज्जीन र आवश्यक कर्मचारीबाहेक कुनै पनि व्यक्तिलाई मस्जिदभित्र बस्न न दिनुहोस् । कुनै व्यक्ति कुनै कारणले मस्जिदभित्र बसेको छ भने तुरुन्त स्थानीय प्रशासनलाई खबर गरी बैकल्पिक व्यवस्था मिलाउनुहोस् ।

२। कतिपय मद्रसाका छात्रहरू लकडाउन शुरु भएपछि घर फर्कन नसकेका हुन सक्दछन् । कुनै पनि मद्रसा, छात्रवास वा मुसाफिरखानामा आवश्यक कर्मचारीबाहेक छात्रछात्रासमेत कुनै पनि व्यक्तिलाई बस्न न दिनुहोस् । तुरुन्त स्थानीय प्रशासनलाई खबर गरी बैकल्पिक व्यवस्था मिलाउनुहोस् ।

३। तब्लीग जमातका जिम्मेवार व्यक्तिहरूलाई विशेष अनुरोध गर्दछु कि लकडाउनभन्दा पहिले कुनै पनि मस्जिदमा जमात आएको रहेछ र जमातीहरू त्यहीँ फँसेका रहेछन् भने तुरुन्त स्थानीय प्रशासनलाई खबर गरी बैकल्पिक व्यवस्था मिलाउनुहोस् ।

४। मस्जिदहरूमा ५ टाइमको नमाज र जुमाको नमाज एमाम, मोअज्जीन र आवश्यक कर्मचारीहरूले मात्र नमाज अदा गर्नुहोस् ।

५।सरकारले आह्वान गरेको लकडाउन आदेश पूर्ण रूपमा पालना गर्नुहोस् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved