मोदीले भारतमा निर्देशन दिँदा नेपालमा यस कारण बालियो दियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2020 | 09:59:46 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा आज साँझ ९ बजे ९ मिनेटका लागि बत्ति निभाएर दियो बालिएको छ। यता नेपालमा समेत अधिकांश ठाउँमा साँझ ९ बजे बत्ति निभाएर दियो बालिएको छ। 

भारतमा सरकार स्तरबाट नै दियो बाल्न निर्देशन भएपनि नेपालमा त्यस्तो कुनै औपचारिक निर्देशन भएको छैन। यद्दपी धेरैले दियो बालेर त्यसलाई सामाजिक संजाल मार्फत साझा गरेका छन्। नेपालमा दियो किन बालियो भन्ने पनि आम सर्वसाधारणको चाँसो रहेको छ। 

नेपालमा पनि दियो बालिनुलाई केहिले भारतको प्रभाव भनेका छन् भने कहिले धार्मिक आस्थाका कारण भनेका छन्। नयाँ पत्रिकामा कार्यरत वरिष्ट पत्रकार परशुराम काफ्लेले ज्योतिषीलाई उद्र्त गर्दै आज २०७६ चैत २३ गते चैत्रशुक्ल पक्ष त्रयोदशी तिथि भएको र  यसलाई सूर्य शक्तिशाली भएको दिन मानिने भएकाले सबैलाई दियो बाल्न आग्रह गरेका छन्। 

 

बैद्धिक कर्मकाण्ड महासंघ नेपालका उपाध्यक्ष रामचन्द्र भण्डारीले दियो बाल्नुका पछाडी धार्मिक कारण रहेको बताएका छन्। उनकाअनुसार गाइको घ्युमा दियो बाल्दा यसले अक्सिजन उत्पादन गर्ने र वातावरण शुद्ध राख्ने आयुर्वेदमा उल्लेख छ। 

उनी भन्छन्, 'शंख बजाउने, गाईको गोवरले लिप्ने, गाइको घ्युमा दियो बाल्ने, आगोमा धुप हाल्ने कार्यले भाइरसलाई मार्ने बिश्वास छ। भाइरस चिसोबाट आउने भएकाले अग्निले त्यसलाई प्रतिकार गर्ने भएकाले पनि भारतमा सांकेतिक बिरोधका लागि आज राति ९ बजे  ९ मिनेट दियो बाल्न निर्देशन भएको हुनुपर्छ। सम्भवत नेपालमा पनि त्यहि बिश्वासले दियो बालिएको हुनुपर्छ। '

संकट र अप्ठयारोमा मानव शरीर उत्तेजित हुने भएकाले गाइको घ्युमा दियो बाल्दा त्यसले जल र अग्निको शक्ति सन्तुलन कायम गरि वातावरण सन्तुलित गर्ने भएकाले सनातनी आस्था अनुसार संकटको बेला दियो बाल्न भनिएको हुन सक्ने उनको भनाई छ। यद्दपी केहिले गाइको घ्युमा दियो नबाले पनि तेलमा दियो वा मैनबत्ति बाल्दा पनि भाइरस रोक्ने अभियानको सांकेतिक बिरोध हुने उनको भनाई छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved