चैत्रमा विदेशबाट आएका सबैको कोरोना परिक्षण हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2020 | 10:49:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोभिड–१९ सङ्क्रमणको सम्भावना भएका व्यक्तिहरुलाई ‘¥यापिड डायग्नोस्टिक टेस्ट’ गर्ने भएको छ । हालसम्म सङ्क्रमण पुष्टि भएका व्यक्तिको परिवार, नजीकका व्यक्ति, यही महिना विदेशबाट आएका व्यक्ति र तिनका सम्पर्कमा आएकामा कोभिड–१९ को सङ्क्रमण हुनसक्ने भन्दै परीक्षण गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमा जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त प्रविधिबाट ‘पोजिटिभ’ देखिए पिसिआर प्रविधिबाट पुनःपरीक्षण गरेर यकिन गरिने बताए । कैलाली र कञ्चनपुरमा सङ्क्रमण देखिएका व्यक्तिका परिवारका सदस्य, सम्पर्कमा आएका व्यक्तिसँगै सबै क्वारेन्टाइनका व्यक्तिहरुको यस्तो परीक्षण गर्न लागिएको हो । बाग्लुङ जिल्लामा पनि उपचाररत सङ्क्रमित व्यक्तिका बासस्थान वरपर र सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरिने भएको छ । चैत महिनामा विदेशबाट आएका सबै र अरूसँग लागेका व्यक्तिमा सो परीक्षण गरिने प्रवक्ता डा देवकोटाले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयानुसार यस्तो परीक्षण गर्न लागिएको उनले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आजसम्म एक हजार ५२९ जनामा कोभिड–१९ को परीक्षण गरिसकेको छ । उपत्यकाबाहिर धरान, पोखरा, जनकपुर, हेटौँडा, सुर्खेत र धनगढीमा नमूना परीक्षण शुरु भइसकेको प्रवक्ता डा देवकोटाले जानकारी दिए । चितवनमा आजदेखि शुरु भए पनि बुटवलमा आज शुरु हुन नसकेको पनि उनले बताए । उनले भने , “त्यहाँ भोलिबाट सो परीक्षण शुरु हुनेछ ।”

काठमाडौँ उपत्यकामा १२ र उपत्यकाबाहिर १०१ गरी जम्मा ११३ जना व्यक्ति आइसोलेशनमा रहेका छन् । सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका सबै सङ्क्रमित व्यक्तिको ‘कन्ट्याक ट्रेसिङ’ शुरु भइसकेको प्रवक्ता डा देवकोटाले बताए । हिजो सङ्क्रमण पुष्टि भएका सबै व्यक्तिको ‘कन्ट्याक ट्रेसिङ’ भइसकेको पनि डा देवकोटाले बताए ।

भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा रहेका ९४ जनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved