मन्थलीमा ‘किटनाशक’ विषादीको प्रयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 11:54:39 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको मन्थली नगरपालिकाले बजार क्षेत्रमा किटनाशक विषादी छर्किन सुरु गरेको छ । कोरोना भाइरसको संक्रमण हुन नदिन किटाणुनाशक विषादी छर्किन सुरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ । 

अहिले मन्थली बजारको शाखा सडक तथा भित्रि बस्तिहरुमा विषादी छर्किने काम सुरु भएको छ । नगरपालिकाको यस कदमले कोरोनाको संक्रमण रोक्न सहयोग पुग्ने अपेक्षा गर्दै स्थानीयबासीले नगरप्रमुख बस्नेतको प्रशंसासमेत गरेका छन् ।

‘मन्थली बजारमा डिसइन्फेक्सन विषादी छर्किने काम सुरु भएको छ, मन्थली नगरपालिकाको दमकलमार्फत यो काम भइरहेको छ’ स्रोतले भन्यो, ‘विषादी छिट्ने कामका लागि कर्मचारीहरुलाई उच्च सुरक्षाका साथ खटाईएको छ ।’ 

नगरप्रमुख रमेश कुमार बस्नेतले प्रशासनले असहयोग गरिदिएका कारण केही दिन ढिला गरी औषधि आइपुगेको बताएका छन् । मेयर बस्नेतले आइतबार मात्रै सिन्धुलीको खुर्कोट (मन्थलीबाट करिब १७ किलोमिटर दुरी)मा रहेको औषधि लिन जान प्रशासनले सवारी पास नदिएको र यति छोटो दुरीमा रहेको औषधिजन्य सामान ल्याउन पनि ४ जिल्ला कटेर पुग्नु परेको गुनासो गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved