चेम्बर अफ कमर्सद्धारा नगदसहित स्वास्थ्य सामग्री सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 04:14:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले विभिन्न जिल्लामा नगद सहित सहयोग सामग्री दिएको छ । धादिङ चेम्बर अफ कमर्सले सुरक्षाकर्मी र सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर वितरण गरेको छ । 

त्यस्तै, चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष र व्यवसायिक प्रतिष्ठानका संचालक युवा नेता महादेव पोखरेलले शिवराज नगरपालिका प्रकोप व्यवस्थापन कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरेका छन् । 

चेम्बर अफ कमर्स तौलिहवा, तुलसीपुर चेम्बर अफ कमर्स, गल्याङ चेम्बर अफ कमर्स, हरिवन चेम्बर अफ कमर्स, काभ्रे चेम्बर अफ कमर्सले पनि नगद सहित सहयोग सामग्री वितरण गरेका छन् । 

चेम्बर अफ कमर्स तौलिहवाले एक सय घर परिवारलाई राहत वितरण गरेको छ  । तुलसीपुर चेम्बर अफ कमर्सद्धारा मजदुरलाई माक्स वितरण गरिएको छ । त्यस्तै, गल्याङ चेम्बर अफ कमर्सद्धारा गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा ५१ हजार १ सय हस्तान्तरण गरेको छ  । 

हरिवन चेम्बर अफ कमर्स र स्वाभिमान अस्पतालको सहकार्यमा स्वाभिमान सहकार्यमा स्वाभिमान अस्पतालमा १६ वटा वेडमा क्वारेन्टाइन र आइसोलेसन सेवा सुचारु गरिएको छ । साथै, काभ्रे चेम्बर अफ कमर्सले माक्स, सेनिटाइर र पञ्जा वितरण गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved