लकडाउन मै बित्ने भयो नेपालीहरुको नयाँ वर्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 05:26:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीहरुको नयाँ वर्ष पनि लकडाउन मै बित्ने भएको छ । अबको ६ दिनपछि विक्रम संवतअनुसार नयाँ वर्ष अर्थात् २०७७ साल सुरु हुदै छ 

सरकारले लकडाउनको अवधि थप गरेकोले नयाँ वर्ष पनि लकडाउन मै बित्ने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधि एक साता थप गरेर  वैशाख ३ गतेसम्म कायम गर्ने निर्णय गरेको हो । 

सरकारले कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन चैत ११ गतेदेखि १७ गतेसम्म देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा अर्को एक साता अवधि थप गर्ने निर्णय गरेको सरकारले अहिले दोस्रो पटक एक साताको लागि अवधि थप गरेको हो ।

नेपालको राष्ट्रिय पात्रो पनि हिन्दू पञ्चाङ्गमा आधारित विक्रम संवतअनुसार छ । यो प्राचीन हिन्दू परम्परा एवं वैदिक गणितमा आधारित सौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (इस्वी संवतको पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । विक्रम संवत् नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरू भएको हो ।

नयाँ वर्षलाई नेपालीहरुले विभिन्न तरिकाले मनाउने गरेको भएपनि यस वर्ष भने लकडाउन मै बित्ने भएको हो  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved