नोकिया फोनको वारेन्टि म्याद थप लम्बियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 05:36:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नोकियाले  कोरोना भाइरसले श्रृजना गरेको परिस्थितिको कारण आफ्नो रिपेयर एण्ड रिटर्नस् सेवा (मर्मत तथा अन्य सेवा) को वारेन्टिमा ४५ दिनको म्याद थप गरेको जनाएको छ । 

कोरोना भाइरसले श्रृजना गरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै ग्राहकहरु माझ आफ्नो बाचालाई कायम राख्न, आफ्ना ग्राहकवर्गहरुका लागि नोकिया फोनको वारेन्टी अवधी थप ४५ दिनको लागी लम्ब्याएको जनाएको छ  । यो समय अवधि १५ मार्च, २०२० देखि १५ अप्रिल, २०२० सम्म वारेन्टि म्याद समाप्त भएका फिचर फोन तथा स्मार्टफोनहरुको वारेन्टिमा लागू गरिएको छ । 

यदि प्रयोगकर्ताको फोनको वारेन्टि म्याद १५ मार्च, २०२० मा समाप्त हुन्छ भने नयाँ म्याद समाप्ति ३० अप्रिल, २०२० हुनेछ । नोकिया मोबाइलको नेपालको लागि आधिकारीक वितरक टेलिटक प्रा. लि. का अनुसार नोकिया फिचर फोनहरु तथा नोकिया c1 स्मार्टफोन मा ३६५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टिको सुबिधा दिदैं आएको जानकारी दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved