वेदास कलेजद्धारा अनलाइन कक्षा सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 07:09:25 PM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनको समयमा वेदास कलेजले अनलाइन कक्षा सञ्चालन शुरु गरेको छ । नेपालमै पहिलोपटक आप्mनै सप्mटवेयर विकास गरेर अनलाइन क्लास सञ्चालन शुरू गरेको कलेजले जनाएको छ । 

कलेजले उक्त सफ्टवेयरको विकास प्राविधिक पार्टनर MPercept Technology सँगको सहकार्यमा MPercept Classroom   गरेको हो । 

सोही सफ्टवेयरको माध्यमबाट विद्यार्थीहरुलाई लकडाउनका समयमा पनि नियमितरुपमा अध्ययन अध्यापन गराउँदै आएको जानकारी दिएको छ । यस्तो कक्षामा विभिन्न आधुनिक सहयोगी सुविधाहरुको साथै एक आधुनिक र प्रयोग गर्न सजिलो इन्टरफेस साथमा हुने कलेजको भनाई छ  । सफ्टवेयरमा कक्षा सञ्चालनका लागि आवश्यक सबै सुविधाहरु रहेको कलेजले जनाएको छ ।

सिमलेस अडियो र भिडियो कन्फेरेन्स, पठनपाठनका समयमा स्क्रिन शेयरिङ, छुट्टै छलफलका लागि ब्रेकआउट कोठा र कुराकानी, प्रत्यक्ष सत्रको रेकर्डिङ, विद्यार्थीको नतिजा ट्रयाकरहरुलगायतका सुविधाहरू रहेका छन् । मोबाइल, ल्यापटप र कम्प्युटरबाट पनि यसको प्रयोग गर्न सकिन्छ । यसको प्रयोगका लागि विद्यार्थीले आफ्नो आइडी र पासवर्ड प्रयोग गर्नुपर्ने कलेजले जनाएको छ ।

यो सप्mटवेयरमा प्रत्येक व्यक्तिगत विषयका लागि फाइल व्यवस्थापन र वाह्य स्रोतका सामाग्रीलाई पनि व्यवस्थापन गर्दछ । समुहगत शिक्षा अर्थात ग्रुप एजुकेशन प्रमोशन, ह्वाइटबोर्ड र कस्टम ह्वाइवोर्ड अप्सनहरू, शिक्षक तथा विद्यार्थीहरूका लागि व्यक्तिगत तथा सामुहिक च्याटरुम, प्रत्यक्ष कक्षाकोठाको रेकर्डिङ, सहकर्मी र आत्म मुल्यांकन तथा सुरक्षा र गोपनियतालगायतका सुविधा पनि रहेका छन् । यसमार्पmत अध्ययन गर्ने विद्यार्थीहरूले कक्षाकोठामै बसेको अनुभव गर्नेछन् । 

कलेजले अरु कोर्षहरुमा पनि नियमित रुपमा एकेडेमिक तथा नन एकेडेमिक अतिरिक्त कोर्षहरु संचालन गर्दै आएको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved