मन्त्रिपरिषद्को बैठकले दियो मन्त्रीहरुलाई थप जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 09:57:08 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रिपरिषद्को आजको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा नरहेका मन्त्रीलाई कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गर्न थप जिम्मेवारी दिएको छ ।

सोअनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति र बालबालिकामा कोभिड–१९ को कारणले परेको र पर्नसक्ने असर सम्बोधनका लागि कार्ययोजना बनाउने र सामाजिक संघसस्था परिचालन गर्ने जिम्मेवारी दिइएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई प्रदेश नं १मा र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याललाई गण्डकी प्रदेशमा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई कर्णाली प्रदेश सरकारसँग कोरोना नियन्त्रणमा समन्वय गर्ने जिम्मेवारी दिइएको छ । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मालाई युवा खेलाडी र राहत वितरणमा स्वयंसेवकको व्यवस्थापन र परिचालनका लागि योजना बनाउने तथा कार्यान्वयनका लागि समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

ऊर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनलाई प्रदेश नं ५ को सरकारसँग कोरोनासँग सम्बन्धित विषयमा समन्वय गर्ने र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेलाई संसद्मा भएका विभिन्न राजनीतिक दलसँग कोरोना नियन्त्रणबारे निरन्तर संवाद र समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवलाई प्रदेश नं. २ को सरकारसँग कोरोना नियन्त्रण सम्बन्धमा समन्वय गर्ने, खानेपानी तथा सरसफाइमन्त्री विना मगरलाई सुदूरपश्चिम प्रदेश सरकारसँग कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी कामका बारेमा समन्वय गर्ने जिम्मवारी दिने निर्णय भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved