बिजपाटी सम्बाददाता     Apr 07, 2020 | 02:44:48 PM


tansen

निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डा अनिल श्रेष्ठले सामाग्री हस्तान्तरण गरेका हुन् । 

भेन्टिलेटर र पिपिइ जस्तो महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै मन्त्री ढकालले सबैको प्रयासले कोरोनाविरूद्धको लडाइँमा विजय प्राप्त गर्न सकिने बताए । उनले विपद्को यस अवस्थामा निक साइमन इन्स्टिच्युटले हस्तान्तरण गरेको पोर्टेबल भेन्टिलेटर तत्कालै धनगढी, वुटवल र बागलुङमा दुई र दुई वटाको दरले पठाइने र चार वटा भेन्टिलेटर आकस्मिक प्रयोजनाका लागि तयारी अवस्थामा राखिने जानकारी दिए । 

इन्स्टिच्युटका तर्फबाट डा श्रेष्ठले अझै धेरै सहयोग उपलब्ध गराउने कोशिश भइरहेको भन्दै नेपाल सरकारसँग सहकार्य गर्न पाएकोमा खुशी प्रकट गरे ।  हस्तान्तरण लगत्तै स्वास्थ्य सेवा विभागमा महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सामाग्री सम्बन्धित जिल्लामा पठाउने काम सुरू भएको जानकारी दिए ।  पिपिइ यसअघि नै जिल्ला जिल्लामा पठाइएको श्रेष्ठले बताए ।  

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका