कोरोना बिरुद्द लड्न विश्वबैंकले नेपाललाई दियो २९ मिलियन डलर, अरु देशलाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 05:08:08 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकले नेपाललाई २९ मिलियन डलर अर्थात झण्डै ३ अर्ब ५३ करोड रुपैयाँ सहयोग गरेको छ  । विश्व बैंकले नेपाललाई फास्ट ट्रयाक विधिबाट उक्त रकम सहयोग गरेको हो

अर्थ मन्त्रालयका अर्थसचिव शिशिर कुमार ढुंगाना र विश्व बैंकका देशीय निर्देशक फेरिस हडाड जार्भोबीच आज रकम हस्तान्तरण समबन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन्

विश्व बैंकले दिएको रकम कोरोनाबाट बच्न पूर्वतयारी अपनाउन, कोरोनाको परीक्षण बढाउन, सङ्क्रमितसँग सम्पर्कमा रहेकाको खोजी अर्थात कन्ट्याक्ट ट्रेसिङ गर्न, आईसीयू कक्षको विस्तार गर्न, देशैभर आइसोलेसन कक्ष विस्तार गर्न प्रयोग हुने जनाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी योजनाहरु तत्काल अगाडी बढाउने छ 

विश्व बैंकले कोरोना नियन्त्रण त्तहा रोकथामको लागि दक्षिण एसियाका ६ देशलाई यस अगाडी नै रकम सहयोग गरिसकेको छ । विश्व बैंकले अफगानिस्तानलाई १ सय मिलियन डलर, भारतलाई १ हजार मिलियन डलर, पाकिस्तानलाई २ सय मिलियन डलर, बंगलादेशलाई १ सय मिलियन डलर, माल्दिभ्सलाई ७.३ मिलियन डलर, र श्रीलंकालाई १२८.६ मिलियन डलर सहयोग गरिसकेको छ । विश्व बैंकले भुटानलाई भने रकम सहयोग गर्न बाँकि छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved