दैनिक आवश्यक वस्तु वितरण गर्न दराज र बिगमार्टबीच साझेदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 05:52:07 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन बजार दराजले बिग मार्टसँग साझेदारी गरी आवश्यक वस्तुहरू काठमाडौं उपत्यकाभित्र डेलिभर गर्न सुरु गरेको जनाएको छ । उक्त साजेदारी र सरकारको अनुमतिका साथ दराज र बिगमार्टले लकडाउनमा ग्राहकहरुको घर ढोकामा दैनिक आवश्यक वस्तुहरू जतिसक्दो चाँडो पूर्याउन तयारी गरेको दराजले जनाएको छ  । साझेदारीको रूपमा दाराजको डीमार्ट नामक किराना खण्ड बिगमार्टको अनलाइन शाखामा रूपान्तरण हुने जनाईएको छ ।  

साथै,  ग्राहकहरूले दराजको लिखित बैंक पार्टनरहरू सनराइज बैंक, सनिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि १० प्रतिशत अधिकतम ५०० रुपैयाँको छूट पाउने दराजले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved