कोरोना भाईरस नियन्त्रणमा शुद्धोधन गाउँपालिकाको सक्रियता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 05:58:49 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा रुपन्देहीको शुद्धोधन गाउँपालिकाले निकै सक्रियता देखाएर काम गरिरहेको छ ।

जनताबाट निर्बाचित जनप्रतिनिधीहरुले सञ्चालन गर्ने स्थानिय सरकारमा जनताको मन जित्नु मुख्य रहेको बुझेका जनप्रतिनिधीहरुले कोरोनाभाईरसको संक्रमणबाट आफ्नो निर्वाचन क्षेत्रका जनताहरुलाई बचाउनु चुनौती र अवसर दुबै देखिएकोेले सबै सक्रिय भएर लागेको जनप्रतिनिधिहरुको भनाई छ । 

आफनो गाउँपालिकामा यतिबेला भाईरसको संक्रमणबाट बचाउन गाउँपालिकामा बाहिरबाट आएकाहरुलाई जनसुरक्षाको लागि क्वारेण्टाईनमा राख्न र सरकारले गरेको लकडाउनलाई प्रभावकारी बनाउन दिनरात उच्च सर्तकताका साथ लागि परेको शुद्धोधन गाउँपालिका अध्यक्ष किशुन चौधरी बताउँछन् । 

उनले विपन्न परिवारहरुको खाद्य संकटलाई समाधान गर्न चामल, दाल, तेल, नुन लगायतका खाद्य सामाग्रीहरु वितरणमा पनि गाउँपालिकाले  सक्रियता भएर अघि बढेको चौधरीको भनाई छ ।

 विगतका दुई बर्षहरुमा बजेट खर्चमा उलेख्य प्रगति गरेको शुद्धोधन गाउँपालिकाका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीका  भन्छन गाउँपालिकाको यज्ञदय बहुमुखी क्याम्पस फसाटिकरलाई क्वारेण्टाईन बनाईएको छ ।२० बेडको क्वारेण्टाईन बनाईएपनि हाल उक्त क्वारेण्टाईनमा १६ जना रहेका छन् । क्वारेण्टाईनमा रहेका सबै भारतबाट आएका छन् । 

संक्रमणकालिन अवस्थालाई मध्यनजर गर्दै गाउँपालिका बासीहरु हरेक समस्याहरु समाधान गर्न गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी दिनरात लागि परेको बताए । उनले गाउँपालिकाका तर्फबाट जनतालाई दिनुपर्ने सुबिधा राहत हुनै कमिहुन नदिएर लागेको बताए । ‘हामी सबै लागेका छौँ, अध्यक्ष उपाध्यक्ष बडा अध्यक्ष  दिन रात नभनि  ब्यबस्थापन राहत  र सुरक्षा ब्यबस्थामा  खटिनु भएको छ ।

शुद्धोधन गाउँपालिका वडा नं २ का वडा अध्यक्ष बिस्नुप्रसाद बस्याल ले गाउँपालिकाले सक्ने भ्याएसम्म हामी कुनै कसर बाकीनराखी काम गरेका छाँै ।’ यस्तो अबस्थामा जसले जे सहयोग गर्न सक्छ गर्नुपर्ने बताए । 

कोरोना विरुद्द शुद्धोधन गाउँपालिकाले गरेका कामहरु 

(१) सर्वप्रथम मानव अधिकार तथा शान्ति समाजसङ्ग समन्वय गरि फागुन मसान्तभित्र कोरोना भाइरस नियन्त्रण सम्बन्धि गाउँपालिकाका मुख्य केन्हरुमा जनचेतनामुलक माइकिङ र माक्स बितरण गरिएको छ ।

(२)२०७६ चैत्र ४ मा बिपत ब्यवस्थापनसमितिको बैठक बसि  स्वास्थ्य संस्था र सातै वडाकार्यलयमार्फत प्रत्येक  टोलसमितिमार्फत समन्वय गर्दै प्रशिक्षण र सचेतना कार्यक्रम गरिएको छ।

(३)२०७६ चैत्र ११गते  शुद्धोधन  गाउपालिकामा  कार्यपालिकाका पदाधिकारी ,प्रदेश सभासदस्यद्वय तुलसी चौधरी,पुस्पा थारु ,प्रमुख राजनैतिक दल,स्वास्थ्यकर्मीहरु सम्मीलित  संयुक्त आकस्मिक बैठक बसि  शुद्धोधन गाउँपालिका वडा नस्३ मा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्णय गर्दै 

क्याम्पसमा २६ वेडको क्वारेन्टाइन स्थापना  खानपान, चौबिसे घण्टा स्वास्थ्यकर्मी ,शुरक्षाको प्रबन्ध गर्दै १५ जना  जना भारत तथा अन्य देशबाट आएकाहरुलाई  क्वारेन्टाइनमा राखिएको छ।

(३)शुद्धोधन गाउँपालिका भित्र प्रत्येक वडा कार्यालय ,स्वास्थ्य चौकी र फर्सा्टिकर चोकमा साबुनपानीले हातधुने ब्यवस्था गर्दै कोरोना बिरुद्धको जनचेतनाका लागि स्वास्थ्य संस्था र सातै  वडा कार्यालयहरुमा फ्लेक्स प्रीन्ट राखिएको छ।

(४)स्वास्थ्य कर्मिहरुलाई  र स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने ५५ थान पिपिई ,३वटा इन्फाटेड थर्मो्मिटर सेनिटाइजर,माक्स र पञ्जा खरिद गरिएको छ।

 (५ क्वारेन्टाइन र सबै स्वास्थ्य संस्थाहरुमा ग्लुटर डिभाइडर छर्ने कार्य गरिएको छ।

(६)सबै स्वास्थ्य संस्थाहरुमा  र क्वारेन्टाइनमा स्वास्थ्यकर्मीहरुको आलोपालो गरि ३५ जना कर्मचारीहरु खटाइएको छ 

(७)शुद्धोधन जेसिजमा सहयोगमा प्रत्येक वडालाई २५ किलोका दरले  जम्मा १७५ केजी  ब्लिचिङ छरिएको छ।

(८) इलाका प्रहरी कार्यालय छपिया र शसस्त्र प्रहरीहरुसङ्गको समन्वयमा  अन्य देशहरूबाट आएका ब्यक्तिहरुलाई क्वारेन्टाइनमा बस्न सहजीकरण गर्दै माइकिङ गरिएको थियो ।

 (९) २०७६ चैत्र १९ गते गाउँपालिका अध्यक्षकोअध्यक्षतामा बसेको  बिपत ब्यवस्थापन समितिको बैठकले  राहत वितरण एकद्वार बाट गरिने र कोरोना बिरुद्ध लड्नका लागी शुद्धोधन ४ मा रहेको टाइगर ब्रुअरीका प्रोपाइटर तेजेन्द्र खड्काबाट  १०० कुन्टल चामल,शुद्धोधन अन्तर्गतका सहकारीहरुबाट २ लाख ,सुनगाभा सामुदायिक विकास केन्द्रबाट १ लाख ,

लुम्बिनी इटा ब्यवसायी संघबाट ३० हजार,शर्मिला इन्टिग्रेटेड एग्रीकल्चरबाट १० क्विन्टल चामल,महाकल्प सहकारी शुद्धोधन १०० थान डिजिटल थर्मो्मिटर ,कमल पन्थीबाट १५०००,जन्मदिनको अवसरमा  वडा ४ का वडाअध्यक्ष राजेन्द्र कडेलबाट १५ हजार ,शंकर माविका प्रधानाध्यापक  टंक पौडेलबाट  ५ हजार सहयोग आएकोमा धन्यवाद व्यक्त गर्दै  अन्य ब्यक्ति, संघसंस्थालाई सहयोगका लागी गाउँपालिकाले आवह्वान गरेको छ।

(१०) प्रत्येक टोलहरुबाट वडामार्फत  असहाय,बिपन्न ज्याला मजदुरी गर्नेको ब्यक्तिहरुको लगत संकलन गरि  बिपन्न भएनभएको  छानबिन गरि   २० किलो चामल,२ किलो दाल,१ लिटर तेल,१ पोका नुन र १वटा साबुन गाउँपालिका भित्र ८४२ घरपरिवार अर्थात  ४३४५ जना लाभान्वित हुने गरि  वितरण गर्ने निर्णय गर्दै  वडा न ३ मा १५०घरपरिवारर ७५५ जना,वडा न ४मा १५० घरपरिवारर ७८० जना वडा न५ मा ८० घरपरिवार र४२० जना

लाभान्वित हुने गरि राहत वितरण सकिसकेको र बाकी  वडा न स्१ मा ६८ घरपरिवार र ४१०जना, वडा न २ मा १५०घरपरिवार र ७५५जना, वडा न मा ११० घरपरिवार र ५५५ जना र वडा न ७ मा १२४ घरपरिवार र ६३०जना लाभान्वित  हुनि गरि राहत वितरण गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved