कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटीसँग नेपाल एम्बुलेन्स सेवाको सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 06:20:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ । उक्त साझेदारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहितको उपस्थितिमा भएको हो । 

सीसीएमसीका संयोजक सचिव लक्ष्मण अर्याल र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष श्री रञ्जीत आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र का.म.पा.का प्रशासन विभाग प्रमुख नमराज ढकालले पनि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।   

यो सम्झौता पश्चात नासले कोभिड १९ का बिरामीहरु उपत्यकाभित्र ओसारपसार गर्ने तथा डेडिकेटेड एम्बुलेन्स सेवा प्रदान गरेर नेपाल सरकारलाई सहयोग पुर्याउने छ । यस कार्यका लागि सबै सुविधा सहितका नासका ५ वटा एम्बुलेन्स संचालन गरिनेछ जसमा इमर्जेन्सी मेडिकल टेक्निसियन, अन्य आवश्यक उपकरणहरु र स्वास्थ्यकर्मी र चालकलाई आवश्यक पर्ने पीपीई पनि उपलब्ध हुनेछ । साथै कोभिड १९ सम्बन्धि बिरामीहरुको ओसारपसार सम्बन्धि अनुरोधहरु सबै निकायहरुले हाल संचालनमा भएको १०२ नम्बरमा रिडाइरेक्ट गर्नेछन् ।

नासका अध्यक्ष रञ्जीत आचार्यले विश्वभरि फैलिरहेको कोराना भाइरसको महामारीले सबैलाई त्रसित बनाएको अवस्थामा नेपाल सरकारलाई सहयोग गर्न पाउँदा नेपाल एम्बुलेन्स सेवा आभारी रहेको बताए । ‘नासले यसै पनि कोभिड१९ को पुर्व तयारी गरेर स्वास्थ्यकर्मीलाई आवश्यक कोभिड१९ सम्बन्धित तालिम दिई सेवा पुर्याइ नै रहेको थियो, अब झन आधिकारिकता प्राप्त भयो । जस्तो सुकै विपदमा पनि आकस्मिक सेवा सहितको २४ सैतै घण्टा सेवा प्रदान गर्दै आइरहेको र यो कोभिड १९ रोकथाम र यस सम्बन्धि विरामीहरुको सेवाका लागि हामी नेपाल सरकारलाई सहयोग गरि सहकार्य गर्न सदैव तयार छौं ।” उनले भने । 

नेपाल एम्बुलेन्स सेवाले सन् २०१० मा संचालनमा आएदेखि हालसम्म ५०,००० भन्दा बढि बिरामीहरुलाई सेवा पु¥याइ सकेको छ भने ५५ वटा भन्दा बढि शिशुको जन्म एम्बुलेन्समै स्वास्थ्यकर्मीले सुरक्षित डेलिभरी गराएका छन् । २०१० मा नासले विभिन्न दाताहरू बृहत इन्भेस्टमेन्ट (ओम राजभण्डारी), गोल्छा अर्गनाइजेशन (शेखर गोल्छा), पवन अग्रवाल( धनगढी, किष्ट बैंक हाल प्रभु बैंक र अन्नपूर्ण ट्राभल्स वेष्टर्न युनियनबाट १–१ थान एम्बुलेन्स प्राप्त गरि सेवा शुरु गरेको थियो । । अहिले १० वटा एम्बुलेन्स काठमान्डौ उपत्यका लगायत चितवन, बुटवल र पोखरामा  सन्चालन गरिरहेकोमा निकट भविष्यमा संस्थाले देशका.७ वटै प्रदेशमा सेवा संचालन गर्ने लक्ष्य लिएको  छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved