रोल्पामा फोनबाट स्वास्थ्य परामर्श सेवा

महेश न्यौपाने

महेश न्यौपाने

Apr 07, 2020 | 06:47:04 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमणलाई मध्यनजर गर्दै रोल्पामा टेलिफोनबाट स्वास्थ्य परामर्श सेवा प्रदान गरिने भएको छ । परामर्श सेवाको प्रवन्ध रोल्पा अस्पताल र स्वास्थ्य कार्यालय रोल्पाले मिलाउने भएका छन् । 

सामान्य स्वास्थ्य समस्याको  फोनवाट परामर्श सेवा दिदा स्वास्थ्य संस्था र मेडिकलहरुमा हुने अनावश्यक भिडलाई कमी ल्याउन यस्तो  सेवा दिन लागिएको स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत  अनिल केसीले जानकारी  दिए । परामर्श फोनवाट गरिने भएकाले स्वास्थ्य  कार्यालय रोल्पा र रोल्पा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुको  फोन नम्वर  समेत सार्वजनिक गरिने केसीले  जानकारी दिए । परामर्शका आधारमा विरामीहरु घरेलु उपचार वा नजिकको स्वास्थ्य संस्थामा पुगेर  उपचार गर्ने छन् । 

यसगरि दीर्घरोगीहरुका  लागि स्वास्थ्य कार्यालय रोल्पाले औषधी ल्याउने व्यवस्था  गरेको जनाएको छ । औषधीको मूल्य संवन्धित विरामीले नै व्यहोर्ने गरि यस्तो  सुविधा  दिन लागेका छौ स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत  केसीले भने । जिल्लामा रहेका एम्वुलेन्सहरु काठमाण्डौ, पोखरा, नारायणघाट, दाङ, वुटवल  नेपालगंज लगायतका स्थानमा गइरहने  भएकाले एम्वुलेन्सवाटै त्यस्ता  औषधी ल्याउने  प्रवन्ध  मिलाएका छौ  केसीले भने । लामो समय सम्म औषधी  सेवन गर्नुपर्ने  दीर्घरोगीहरुलाई कोरोनाका कारण सिर्जित लक डाउनले  समस्या पारेको  हुदा आफुहरुले यस्तो सहयोग  गर्न लागेको केसीले वताए ।

क्वारेनटाईन र  आइसुलेशन  सन्तुलित आहार तथा फलफुलको समेत  जरुरी पर्ने भएकाले नेपाल रेडक्रस सोसाइटी र रोल्पा उद्योग वाणिज्य संघलाई प्रवन्ध  मिलाउन  आग्रह गरेका छौ केसीले भने । क्वारेनटाईन  क्षेत्रमा नियमित रुपमा निशुल्क इन्टरनेट  सेवा उपलव्ध गराउन रोल्पा स्थीत ईन्टरनेट सेवा प्रदायकहरुलाई अनुरोध गरिएको केसीले जानकारी दिए । 

यस गरि कोरोनाको वारे देशभर तथा जिल्लामा  भईरहेका गतिविधि एवम प्रगती  वारे जानकारी गराउन मिडिया व्रिफिङ  समेत गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पामा रहेको कोरोना   सुचना केन्द्रमा हुने उक्त  मिडिया व्रिफिङको व्यवस्था स्वास्थ्य कार्यालय रोल्पाले मिलाउने भएको जनस्वास्थ्य अधिकृत केसीले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved