बिजपाटी सम्बाददाता     Apr 08, 2020 | 01:46:02 PM


tansen

कालोबजारी आरोपमा पक्राउ परेका जगदम्बा ग्रुपका सुलभ अग्रवाल ७ दिन थुनामा रहने भएका छन् । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्नको लागि अनुमति दिएको हो 

 महानगरीय प्रहरी परिसर काठमाडौंले अग्रवाललाई म्याद थपको अनुमति माग्दै बिहिबार अदालतमा पेश गरेको थियो ।  

नेपाल प्रहरीले ग्राहक बनेर उनलाई बुधबार रंगेहात पक्राउ गरेको हो।  बजारमा ज्वरो नाप्ने गन  इन्फ्रारेड थर्मोमिटर महँगोमा बिक्रि भईरहेको सूचनाको आधारमा प्रहरीले ग्राहक बनेर अग्रवाललाई पक्राउ गरेको हो। 

यो पनि : 

प्रहरी आफै ग्राहकको भेषमा जाँदा यसरी पक्राउ परे जगदम्बा ग्रुपका सुलभ अग्रवाल


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका