बिजपाटी सम्बाददाता     Apr 08, 2020 | 02:14:11 PM


tansen

मुस्लिम आयोगले आगामी बिहिबार परेको इस्लाम धर्मालम्बीहरुको पर्व शबे बारात घरमै बसेर मनाउन आग्रह गरेको छ। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनलाई सघाउँदै घरमा नै मनाउन आयोगले आग्रह गरेको हो। 

 ‘‘कोरोना भाइरसको आपदले देशभर लकडाउन रहेकोले यो पर्व मस्जिद तथा कब्रिस्तानहरुमा नगई घरमै बसेर ईबादत ९ब्रत० गर्दै मनाउनुहुन अपिल गर्दछौ।’’ आयोगका अध्यक्ष समिम मियाँ अंसारीद्वारा जारी विज्ञप्तीमा लेखिएको छ,

आयोगले सरकारले लगाएको लकडाउन सफल बनाउन समेत सबैलाई आग्रह गरेको छ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका