भारतबाट नेपाल छिर्यो नयाँ मौसमी प्रणाली, यी १२ जिल्लामा भिषण हावाहुरी चल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2020 | 02:30:56 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतबाट नयाँ मौसमी प्रणाली नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको उत्तरप्रदेश बाट नेपाल प्रवेश गरेको मौसमी प्रणाली हाल देशको मध्य भू-भाग नजिक आईपुगेको छ।

यस प्रणाली कास्कि र आसपासमा क्षेत्रमा २:३० बजे मेघ गर्जन बादल बिकसित भै पूर्वतर्फ सर्ने क्रममा रहेको विभागले जनाएको छ ।यसले आज प्रदेश नं. ४ का केहि जिल्लाहरू (कास्की, पर्वत, लमजुङ्ग, स्याङ्गजा, तनहूँ) र प्रदेश नं. ३ का केहि जिल्लाहरू (चितवन, मकवानपुर, धादिङ्ग, काठमाडौं, काभ्रे, ललितपुर, भक्तपुर) का क्षेत्रहरुमा ६२ किलोमिटर प्रति घण्टा वा सो भन्दा उच्च गतिमा हावाहुरी/चट्याङ्ग सहित असिना पानी समेत पर्न सक्ने विभागले जनाएको छ ।

विभागले यी क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। 

फोटो: गत वर्ष बारा र पर्सामा आएको हावाहुरी


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved