भायानेटबाट डेढ लाख बढी ग्राहकको व्यक्तिगत विवरण चोरी, के भन्छ कम्पनी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2020 | 04:07:35 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटबाट डेढ लाख बढी ग्राहकको व्यक्तिगत विवरण चोरी भएको छ । कम्पनीको १ लाख ६० हजार भन्दा बढी ग्राहकको व्यक्तिगत विवरण अनाधिकृत रुपमा सार्वजनिक भएको हो । 

जगएराती 'नरपीसाच' नामको ट्वीटर ह्याण्डलबाट ति विवरण सार्वजनिक भएका हुन् । सार्वजनिक भएका विवरणमा ग्राहकका नाम , ठेगाना, फोन नम्बर, इमेल आईडी लगायत छन् ।  यी विवरणहरु हाल डार्क वेबमा रहेको छ । जुन विवरण हेर्नको लागि टोर नामको छुट्टै ब्राउजरको आवश्यकता पर्छ । 

यसबारे कम्पनीले छिट्टै नै आधिकारिक जानकारी दिने जनाएको छ  ।  कम्पनीका मार्केटिंङ प्रमुख शहिन श्रेष्ठले यसबारे अनुसन्धान भईरहेको र छिट्टै नै विज्ञप्ति मार्फत आधिकारीक धारणा सार्वजनिक गर्ने बताएका हुन् ।  उनले यस विषयमा प्रहरीले पनि अनुसन्धान भईरहेको बताएका हुन् । 

यस अघि पनि फुडमान्डुबाट गोप्य रहनु पर्ने गराहकको व्यक्तिगत विवरण सार्वजनिक भएका थिए । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved