कोरोना विपद कोषमा लुम्विनी ईटा ब्यवसायी संघको ६ लाख बढि सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2020 | 04:20:10 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वब्यापी महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमवाट बच्न र संक्रमण फैलिन नदिन सरकारले मुलुकलाई लकडाउन गरेको छ । केन्द्रदेखि प्रदेश सरकार र स्थानीय पालिकाले कोरोना भाइरस रोकथाम तथा उपचार कोष स्थापना गरी कोषमा सहयोग गर्न विभिन्न संघसंस्थाहरुलाई आग्रह गरिरहेका छन् ।

सरकारले गरेको लकडाउनलाई पूर्ण कार्यान्वयन गर्दै कोरोना भाइरस रोकथाम तथा उपचारका लागि लुम्विनी ईटा उद्योग ब्यवसायी संघ रुपन्देहीले प्रदेश सरकार र रुपन्देहीका स्थानीय पालिकाले स्थापना गरेका उपचार तथा विपद ब्यवस्थापन कोषमा नगद सहयोग गरेको छ ।

संघले प्रदेश सरकार, जिल्ला विपद ब्यवस्थापन समिति तथा विभिन्न पालिकाले स्थापना गरेका कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा ६ लाख बढि सहयोग गरेको संघका अध्यक्ष थानेश्वर घिमिरेले बताए ।

कोरोना भाइरस सँक्रमणको महामारीले अहिले पूरै विश्व प्रभावित भएको बेला यसको उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिन संघको पनि दायित्व र कर्तब्य भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश र जिल्ला सहित उद्योग सञ्चालित पालिकाको राहत कोषमा आर्थिक सहयोग गरिएको अध्यक्ष घिमिरेले बताए ।

यसरी गरिएको सहयोग एकद्वार प्रणालीवाट खर्च हुने सबैले समान किसिमले सहयोग पाउन भनेर संघले आफ्नो गच्छे अनुसार सबै पालिकाको कोषमा सहयोग गरेको महासचिव अजयकुमार गुप्ताले बताए ।

संघले प्रदेश सरकारको राहत कोषमा १ लाख ११ हजार १११, जिल्ला विपद ब्यवस्थापन समितिमा ५१ हजार १११, मायादेवी गाउँपालिकामा ८५ हजार, रोहिणी गाउँपालिकामा ८१ हजार, ओमसतिया गाउँपालिकामा ७५ हजार, तिलोत्तमा नगरपालिकामा ५१ हजार, काटईमाई गाउँपालिकामा ३५ हजार, सियारी गाउँपालिकामा ३० हजार र सुद्धोधन गाउँपालिकामा ३० हजार गरी ५ लाख ४९ हजार २२२ रुपैयाँ नगद सहयोग गरेको महासचिव गुप्ताले बताए ।

यस्तै संघमा आवद्ध देवदह नगरपालिकामा संचालित इट्टा उद्योगहरुले देवदह नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा आर्थिक सहयोग गरेका छन् । 

संघको अगुवाईमा सो क्षेत्रका उद्योगीहरुले संकलन गरेको ६० हजार रुपैयाँको चेक संघका लेखा समिति सदस्य चक्रपाणि तिवारीले नगरपालिकाका प्रमुख हिरा केसी र उपप्रमुख विद्यालक्ष्मी गुरुङलाई हस्तान्तरण गरेकोे कोषाध्यक्ष बाबुराम पाठकले बताए । यसरी संघले प्रदेश सरकार, जिल्ला प्रकोप ब्यवस्थापन र विभिन्न पालिकामा गरी ६ लाख ९ हजार २२२ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

यसका साथै यस क्षेत्रका ईट्टा उद्योगीहरुले जिल्ला वाहिर तथा छिमेकी मुलुक भारतबाट कामका लागि आएका मजदुरहरु लकडाउनका कारण समस्या परेपछि उनीहरुलाई आफ्नै ब्यवस्थापनमा खाने बस्ने प्रवन्ध समेत मिलाएका छन् ।‘अहिले सबै मिलेर कोरोनाको संक्रमणलाई रोक्नु छ । यसकालागि सवैको साथ र सहयोग जरुरी छ । यिनै कुरालाई आत्मसाथ गरी लुम्विनी ईटा उद्योग ब्यवसायी संघ रुपन्देहीले संघका अध्यक्ष थानेश्वर घिमिरेको नेतृत्वमा प्रदेश सरकार, जिल्ला र स्थानीय पालिकाको कोषमा सहयोग गरेको हो ।’ महासचिव गुप्ताले भने ।

यसका साथै संघले कोरोना भाइरसको उच्च जोखिम र संक्रमणबाट जोगिन, आफु बच्न र अरुलाई पनि बचाउन आआफ्नो घर भित्रै सुरक्षित रहन सबैमा आग्रह समेत गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved