बिजपाटी सम्बाददाता     Apr 08, 2020 | 04:35:05 PM


tansen

देशका विभिन्न जिल्ला तथा नगर चेम्बर अफ कमर्सले कोरोना भाइरस रोकथाम तथा उपचारका लागि सहयोग गरेका छन् । चितवन चेम्बर अफ कमर्सले १० हजार मास्क वितरण गरेको छ । त्यस्तै, खैरहनी नगर चेम्बर अफ कमर्स र चेम्बर अफ कमर्स जाजरकोटले पनि सहयोग गरेका छन् । 

खैरहनी नगर चेम्बर अफ कमर्सले १४ सय ५० माक्स नगर पालिकालाई र ५ सय ३० माक्स इलाका प्रहरी कार्यालय खैरहनीलाई वितरण गरेको छ । साथै, चेम्बर अफ कमर्स जाजरकोटले आफ्नै लागानीमा स्वास्थ्य सेवा कार्यालय अन्तरगत रहेको जिल्ला अस्पतालमा हात धुने धारा निर्माण गरेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका