आइतबारदेखि फेरी भरी ग्यास सिलिण्डर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2020 | 06:45:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आज बसेकोे बैठकले १४.२ किलो (पूरै भरी) को सिलिण्डर ग्यास बिक्रीवितरण खुला गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुनसार बिहीबारदेखि नै उद्योगीलाई ग्यास भर्न दिइने छ ।

पछिल्लो केही दिनयता आधा सिलिण्डर ग्यासको बिक्री कम भएको जनाउँदै उद्योगीले भरी ग्यास वितरणका लागि निगमसँग आग्रह गरेका थिए । उद्योगीको माग र भण्डारगृह भरिएकाले निगमले भरी सिलिण्डर बिक्रीको निर्णय गरेको हो । बजारमा ग्यासको अभाव सिर्जना भएको जनाई निगमले यही चैत १६ गते अपराह्न १ बजेदेखि आधा (७.१ किलो) को ग्यास सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved