बिजपाटी सम्बाददाता     Apr 09, 2020 | 11:49:18 AM


tansen

 सरकारले ड्युटीमा खटिएका प्रहरीको तलव काट्ने भएको छ  । कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा रकम जम्मा गर्न सरकारले प्रहरीको समेत तलव काट्ने भएको हो  

 प्रहरी प्रधान कार्यालय, नक्सालले बैशाखको तलवबाट कोषमा रकम जम्मा गर्ने जनाएको हो। जस अनुसार  प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी नायव निरीक्षक (सई) को ३ दिनको तलव, प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) को ५ दिनको तलव काटिने भएको छ 

त्यस्तै  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी नायव महानिरीक्षक (डीआईजी), प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी महानिरीक्षक (आईजी) को ७ दिनको तलब कट्टी हुने छ ।

प्रहरीको समेत तलव काट्ने भएपछि सरकारको ब्यापक आलोचना सुरु भएको छ  । आफु स्वयं असुरक्षित भई , खाना खाजाको टुंगो नभई निरन्तर ड्युटीमा खटिन प्रहरीको तलव काट्नुको साटो उनीहरुलाई थप प्रोत्साहन भत्ता दिलाउनु पर्ने माग उठेको छ  



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका