हालसम्म २९ सयको कोरोना परीक्षण, छैनन् नयाँ संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2020 | 05:20:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा गरिएको कोरोना भाइरसको परीक्षणमा पछिल्लो ५ दिनमा कुनै पनि संक्रमित भेटिएका छैनन् । बिहीबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङकमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना भाइरसका नयाँ बिरामी नभेटिएको जानकारी दिएका हुन् ।

नेपालमा हालसम्म २ हजार ८९५ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला २ हजार ३८२, उपत्यका बाहिर ५१३ नमुना परीक्षण गरिएको छ । 

चैत्र २२ गते एकैदिन ३ जना कोरोना संक्रमित थपिएपछि संक्रमितको संख्या ९ पुगेको थियो । तर त्यसयता कुनै संक्रमति भेटिएका छैनन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved