कोरोना रोकथाम कोषमा यती समूहको १ करोड सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2020 | 06:46:15 PM मा प्रकाशित

laxmi  sunrise bank

‘यती समूह’ले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड सहयोग रकम जम्मा गरेको छ । यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले आज बिहिबार उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

‘नेपाली जनताको जीवन रक्षाका लागि चालिएको सरकारको यस कदमलाई साथ दिनु हामी एक राष्ट्रिय व्यावसायिक समूह ‘यती समूह’ले आफ्नो कर्तव्य ठान्दछौं’ समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘व्यवसाय ठप्प छ, अर्थतन्त्र ओरालो लागेको अवस्था छ, तर व्यवसायभन्दा पनि देश र जनताको पक्षमा यती समूह उभिएको जानकारी गराउँदै यस्ता सहयोग निरन्तर जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौं ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved