प्रधानमन्त्री कार्यालयले भन्यो 'प्रदेशले नमानेपछि निर्णय फिर्ता'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2020 | 07:02:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश तथा स्थानीय सरकारले नमानेको कारण उपत्यकाबाट नागरिकलाई घर पठाउन गाडी चल्न दिने निर्णय फिर्ता भएको जनाएको छ  । यस अघि प्रधानमन्त्री कार्यालयले 'लकडाउनका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिन खोज्नु भएका वासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्च स्तरिय समितिको बैठकले भोली र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको ' जानकारी दिएको थियो ।

तर त्यसको केहि समयपछि कार्यालयले ' स्थानिय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोली र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको' जनाएको हो ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved