प्रदेश २ मा १५९ को कोरोना परीक्षण, ४६ को रिपोर्ट आउँन बाँकि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2020 | 08:46:31 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच गरिएका १५९ मध्ये ११३ को नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले नमूना लिइएकामध्ये ४६ जनाको स्वाब जाँच नतिजा आउन बाँकी रहेको जानकारी दिए ।

प्रदेश नं २ मा भारत र अन्य मुलुकबाट घर फर्केकालाई लक्षित गरी आठवटै जिल्लामा क्वारेन्टाइन सञ्चालन गरिएका छन् । अहिलेसम्म १४५ केन्द्रमा सञ्चालित क्वारेन्टाइनमा बेड (श्यया) तीन हजार २३६ रहेका सचिव घिमिरेले स्पष्ट पारे। “हामीकहाँ १४५ केन्द्रमा तीन हजार २३६ क्वारेन्टाइन श्यया छन्, यी श्ययामा ९०० जना बस्दै आएका छन्” घिमिरेले भने, “त्यसैगरी आइसोलेसन श्यया क्षमता हामीसँग २०८ तयार छ, यिनमा २६ जना रहेका छन् ।”

प्रादेशिक अस्पताल जनकपुरधाममा स्वाब परीक्षण थालिएपछि क्रमशः जाँच गर्नेको सङ्ख्या बढ्दै जाने मन्त्रालयले जनाएको छ । प्रदेशभित्र सञ्चालित सबै क्वारेन्टाइन केन्द्रमा आवश्यक स्वास्थ्यकर्मी, औषधि, उपकरण र स्वास्थ्य सुरक्षा प्रबन्ध बढाउँदै लगिएको सचिव घिमिरेको भनाइ छ ।

भारतको बिहार प्रदेशसँग सीमा जोडिएका प्रदेशका आठवटै जिल्लाका भारतीय सीमावर्ती क्षेत्रमा मुलुक भित्रिनेको कडा निगरानी हुँदै आएको मन्त्रालयले जनाएको छ । यसरी भित्रिएकाहरु प्रारम्भिक स्वास्थ्य जाँचपछि घरमै क्वारेन्टाइनमा बस्दै आएका र सम्पर्कमा नआएकाहरुको सोधखोज गरिने क्रम सघन बनाइएको जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved