कोरोनाविरुद्द लड्न ग्रामीण विकास लघुवित्तको २८ लाख ५० हजार योगदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2020 | 02:23:08 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामीण विकास लघुवित्तले कोरोना भाइरस रोकथामा लागि सरकारले स्थापना गरेको कोषमा सहयोग गरेको छ । केन्द्र सरकार र प्रदेश सरकारले खडा गरेका कोषमा लघुवित्तले २८ लाख ५० हजार सहयोग गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम उपलब्ध गराएको बताएको छ । 

संस्थाले सरकारको कोषमा ११ लाख र प्रदेश नं. १ सरकारको जनसुरक्षा कोषमा २ लाख ५० हजार, प्रदेश नं. २ सरकारको कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ लाख ५० हजार, वाग्मती प्रदेश सरकारको कोरोना भाइरस कन्ट्रोल तथा ट्रिटमेन्ट कोषमा २ लाख ५० हजार, गण्डकी प्रदेश सरकारको कोषमा २ लाख ५० हजार, प्रदेश नं. ५ सरकारको कोषमा २ लाख ५० हजार, कर्णाली प्रदेशको प्रदेश विपद् व्यवस्थापन कोषमा २ लाख ५० हजार र सूदुरपश्चिम प्रदेश सरकारको कोषमा २ लाख ५० हजार गरी कुल रकम २८ लाख ५० हजार सहयोग रकम जम्मा गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved