नेपालमा थप ३ जनामा कोरोनाको आशंका, भारतीय नागरिक भएको पुष्टि

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 11, 2020 | 12:38:52 PM मा प्रकाशित

laxmi  sunrise bank

बिरगंजको सिद्दार्थ माबीमा क्वारेन्टाइनमा राखिएका २४ जना मध्ये तीन जनालाई कोरोना संक्रमितको आशंकामा आइसोलेशनमा राखिएको छ। कोरोना संक्रमितको आशंकामा उनीहरुलाई नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेशनमा राखिएको अस्पतालले जनाएको छ। 

उनीहरूलाई अहिले अस्पतालकै आइसोलेसनमा राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले बिजपाटीलाई बताए। उनकाअनुसार संक्रमितको आशंका गरिएका तिनै जनाको स्वाब परिक्षणका लागि हेटौंडा पठाईएको छ भने बाँकी २१ जनालाई क्वारेन्टाइनमा पठाईएको छ। 

स्वाब परिक्षणको लागि हेटौंडाले टेकु अस्पताल पठाएको टेकु अस्पतालले पुष्टि गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा।रुना झाले हेटौंडाले तीनजनाको स्वाब परिक्षणको लागि पठाएको पुष्टि गरेकी छन।  

क्वारेन्टाइनमा बसेका र कोरोना संक्रमितको आशंका गरिएका नागरिक भारतीय भएको यकिन नभएपनि स्थानीयहरुले उनीहरु भारतीय भएको भनेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले बताए। "मैले नागरिकता हेरेको छैन, तर स्थानीयले उनीहरु भारतीय नागरिक हुन् भनेका छन् उनले भने। "

यसअघि: ३ जनामा कोरोनाको शंका, काठमाडौँको ल्यावमा पुनः परीक्षण हुँदै

क्वारेन्टाइनमा बस्ने २४ जना नै भारतीय नागरिक भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पुष्टि गरेका छन्। उनीहरु सबै भारतीय नागरिक भएको बस्नेतले बिजपाटीलाई बताए। 

वीरगन्ज २ छपकैयाको एक मस्जिदमा बसिरहेका २४ जना भारतीयको समूहबारे स्थानीयवासीले खबर गरेपछि प्रशासनले उनीहरूको स्वाब परीक्षण गर्ने व्यवस्था मिलाएको थियो।

नारायणी उपक्षेत्रीय अस्पतालका मेसु उपाध्यायका अनुसार ती भारतीयहरूले आफू चार महिनादेखि नेपालमै बसिरहेको बताएका छन्। नयाँदल्ली र उत्तरप्रदेशका उनीहरू धर्म प्रचारको क्रममा नेपाल आएका थिए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved