कोरोनाको महामारी भरी पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2020 | 08:56:55 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी अवधिभर पारिश्रमिक नलिने घोषणा गरेका छन् । उनले यो अवधिभरीको आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । 

नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने निर्णय गरेको जानकारी दिएका हुन् ।  ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु’ प्रधानमन्त्री ओलीले भनेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved