आज मेघ गर्जन, चट्याङ्ग, हावाहुरी र असिना सहित वर्षा हुने, सतर्क रहन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2020 | 08:47:49 AM मा प्रकाशित

laxmi  sunrise bank

मौसम विश्लेषण 

हाल देशमा स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

हालको मौसमको अवस्था 

हाल देशको पूर्वी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख ४ गते (बिहीबार)

दिउँसोः  देशभर आंशिक देखि सामान्य बदली  रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु  पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

रातीः  देशभर आंशिक देखि सामान्य बदली  रहने छ।  देशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ५ गते (शुक्रबार)

दिउँसोः  देशभर सामान्यतया बदली  रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु  पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

रातीः  देशभर आंशिक देखि सामान्य बदली रहनेछ देशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ६ गते (शनिबार)

दिउँसोः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु  पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

रातीः  देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिम भू-भागमा आंशिक बदली रहनेछ देशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका  केही  स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी/असिना  सहित वर्षा  हुन सक्ने  देखिएकोले सतर्कता अपनाउन हुन अनुरोध छ |

स्रोत : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved