घर जान चाहनेलाई पठाउन प्रधानमन्त्री ओलीको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2020 | 10:51:42 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले घर जान चाहने व्यक्तिहरुलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिएका छन् । बालुवाटारस्थित सरकारी निवासमा आज कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, मन्त्रिपरिषद्का सदस्य र सुरक्षा निकायसहितको बैठकमा प्रधानमन्त्रीले गाउँ फर्किन चाहने र बाटामा अलपत्र नागरिकलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार बैठकमा प्रधानमन्त्रीले कोरोना भाइरस संक्रमण फैलन नदिन थप प्रभावकारी रुपमा काम गर्न उपप्रधानम एवम् रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको समन्वय समितिलाई निर्देशन दिएका छन् । 

‘अत्यावश्यक बाहेक आवतजावतसहित सीमा नाका थप कडाइका साथ बन्द गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ’, मन्त्री ज्ञवालीले भने, ‘घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग मिलेर व्यवस्था गर्न पनि प्रधानमन्त्रीबाट निर्देशन भएको छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved