अहिलेको परिस्थितिमा बैंक तथा बित्तीय संस्थाहरु नाफामूखी हुने होइन : मन्त्री खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2020 | 09:03:33 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ तथा संचार मन्त्री  डा. युवराज खतिवडाले अहिलेको परिस्थितिमा बैंक तथा बित्तीय संस्थाहरु नाफामूखी हुन नहुने बताएका छन् । नेपाल चेम्वर अफ कमर्सले दिएको कोरोना भाइरसबाट अर्थतन्त्रमा परेको प्रभाव सम्वन्धको सुझाव ग्रहण मन्त्री खतिवडाले यस्तो बताएका हुन् । चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मन्त्री खतिवडालाई आइतबार सुझावपत्र बुझाएका थिए  । 

उक्त अवसरमा अर्थ तथा संचार मन्त्री  डा. युवराज खतिवडाले निजी क्षेत्रले उपभोग्य वस्तु, औषधी तथा उपकरण सहज तथा सुलभ तवरमा उपलब्ध गरी आपूर्ति व्यवस्थालाइ चुस्त बनाइ जिम्मेवारपूर्ण ढंगले भूमिका निर्वाह गरेकोेमा  धन्यबाद दिदै यसलाइ निरन्तरता दिन आग्रह गरेका छन् ।

उनले बैंक तथा बित्तीय संस्थाहरु अहिलेको परिस्थितिमा नाफामूखी हुने होइन भन्दै नगद प्रवाह लाइ सजिलो बनाउने, कर्जा लिने ग्राहकलाइ सांवा व्याज तिर्ने म्याद वढाउने  तर्फ आवश्यक व्यवस्था गरिने बताए ।  

उनले भने 'यसबाट चुनौति मात्र नभइ अवसर पनि प्राप्त भएको छ । बाहिरबाट आएका श्रमिकहरुबाट आन्तरिक आर्थिक गतिबिधिमा सम्मिलित हुने भएकोले  कृषि क्षेत्र गतिशील हुने र अर्को तर्फ इ बिजनेश, अनलाइन बिजनेश को प्रचुर प्रयोगले  इलोक्ट्रोनिक कारोवार प्रयोग हुने गरेको छ ।'

सरकारबाट प्रदान गरिएको राहत प्याकेज बिपन्न वर्गको लागि भएकोले तदनरुप उपयोग गरि दिन उनले आग्रह गरेका छन् । उनले अर्थतन्त्रमा कोरोना भाइरसबाट  अर्थतन्त्रमा पुगेको क्षति अध्ययनका लागि गठित उच्चस्तरीय कार्यदलमा निजी क्षेत्रलाइ पनि समावेश गरी निजहरुको राय सुझावको आधारमा भावी कार्यक्रम तय गरिने बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved